मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप

सोमबार, १८ मङ्सिर २०८०, २१ : २१
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा चाबहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले प्रथम, द्वितीय र तृतीय स्थान हात पार्दै इतिहास रचेको छ ।

नेत्रहिन युवा संघ नेपालद्वारा नयाँ बानेश्वर इन्द्रणी स्वीट्सको रानीहलमा  आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशैभरिबाट माध्यमिक तहदेखि स्नातकसम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो । प्रतिनिधिसभा सदस्य  विद्या भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  प्रतियोगिताको शीर्षक “बृहत यौनिकता शिक्षा/यौन तथा प्रजनन् स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच” रहेको थियो । 

प्रथम चरणको छनौट यसअघि मङ्सिर १३ गतेसम्म तय गरिएको थियो । देशैभरिबाट प्रतियोगीहरुले माथि उल्लेखित शीर्षकमा ३ मिनेटको भिडियो Whatsapp/Viber/Email मार्फत पठाएका थिए । प्राप्त भिडियोहरुलाई निर्णायक मण्डलले सूक्ष्म मूल्यांकनमार्फत अन्तिम २० प्रतिस्पर्धीको छनौट गरिएको हो । 

प्रथम चरणको छनौटबाट अन्तिममा २० प्रतिस्पर्धीहरुको घमासान र रोचक प्रस्तुतिपूर्ण वाक्युद्धबाट विजेताहरुको टुङ्गो लागेको हो । 

सो प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडमी कक्षा १२ मा अध्ययन गर्ने छात्रा दिपिका ढुङ्गानाले प्रथम स्थान हासिल गरेकी छिन् भने सोही एकेडेमीकी कक्षा ११ मा अध्ययनरत दुई विद्यार्थी क्रमश: संगम कार्की र कृति पोखरेलले द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहलाई क्रमश:  रु. दश हजार रु. सात हजार र रु. पाँच हजार नगदद्वारा पुरस्कृत गरिएको छ । साथै विजेता विद्यार्थीहलाईट्रफी,प्रमाण पत्र र मेडल  समेत पदान गरिएको छ । 

उक्त प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीको बर्चस्व रहनुमा विद्यार्थीको मिहिनेत तथा कलेजले अतिरिक्त क्रियाकलापलाई दिएको विषेश महत्वको उपज भएको रिलयन्स कलेजका प्राचार्य रविन्द्रजङ्ग थापाले बताए । उनले अबको शिक्षा किताबमा मात्र सिमित नभएर क्रियाकलापमा आधारित शिक्षा प्रदान गरिनुपर्ने बताए । विद्यार्थीको चौतर्फी विकासले मात्र समय सापेक्ष अनुरुपको जनशक्ति निर्माणमा अघि बढ्न रिलायन्स सदैव तयार रहेको प्राचार्य रविन्द्र जङ्ग थापाले बताए । 

सो प्रतियोगितामा निर्णायकको भूमिकामा मिस नेपाल वर्ल्ड —२०२० नम्रता श्रेष्ठ, यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ अनुप अधिकारी र अपाङ्गता अधिकार विज्ञ कलाधर भण्डारी रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप