सचिवालय बैठक
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : ०३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकोमा उक्त मिति परिवर्तन गरेर जेठमा पुर्याएको हो ।
त्यस्तै सो पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु