निषेधित क्षेत्रमा ड्रोन : मुस्ताङ प्रहरीको टाउको दुखाई, घासामा राखियो सूचना बोर्ड
पोखरा । पछिल्लो समय बिना अनुमति मुस्ताङमा ड्रोन उडाउने बढेका छन् । केहीलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरीको आँखा छलेर ड्रोन उडाइरहेका छन् । आन्तरिक र बाह्य दुवै पर्यटकले अनुमति विना ड्रोन लगेपछि प्रहरीले कडाइ गर्न थालेको छ । ड्रोन र सञ्चार सेट लिई मुस्ताङ जिल्लाको निषेधित क्षेत्रमा जानेहरू बढेपछि सुरक्षाका लागि घासामा सूचना बोर्ड राखिएको छ ।
मुस्ताङ प्रवेश नाका घासामा पर्यटकहरुको सुविधाका लागि उक्त बोर्ड राखिएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण आयोजनाले सूचना बोर्ड राखेको प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । उत्तरी मुस्ताङको नाका छुसाङमा पनि थप बोर्ड राखिने उनले सुनाए ।
पछिल्लो साउन यता अनुमति नलिई मुस्ताङ लगिएका २८ वटा विभिन्न प्रकारका ह्याण्ड सेटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । साउन यता नै सम्बन्धित निकायको अनुमति नलिई निषेधित क्षेत्रमा उडाइएका दुईवटा ड्रोन नियन्त्रणमा लिएर कारवाहीका लागि नागरिक उड्ययन कार्यालय जोमसोममा राखिएको उनले जानकारी दिए । सूचनाको पनि अटेर गरे कडा कारबाही गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : केन्द्रीय समिति बैठकबाट माओवादी नेताहरूको कार्य विभाजनसहित यस्ता छन् प्रमुख समाचार
-
चार जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
गुल्मीमा फोर्स गाडी दुर्घटना, ६ जना घाइते
-
कोलकाता डाक्टर बलात्कार-हत्या मुद्दामा पूर्व प्रधानाध्यापकलाई जमानत
-
अल्लु अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा
-
सिंह र बोहोरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस