बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा मेकानिक्स तथा पार्टस वितरकहरूको भेला

बिहीबार, २१ मङ्सिर २०८०, ११ : ५५
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । सिप्रदी अटोपार्टसले मंसिर १९ गते धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरूको भेला सम्पन्न गरेको छ।

 यसको प्रमुख उद्देश्य टाटाका सामानहरू सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरूलाई अधिकतम फाइदा उपलब्ध गराउनु रहेको कम्पनीको भनाइ छ । 

यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाइदाहरूको बारेमा प्रकाश पारेका थिए ।  सो कार्यक्रममा करिब ५० जनाको उपस्थिति थियो भने अटोपार्टसका क्षेत्रीय प्रबन्धक डम्बर चन्दले गरेका थिए । साथै उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप