शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

रेड्डीले लिए तेलंगानाको मुख्यमन्त्रीको शपथ

बिहीबार, २१ मङ्सिर २०८०, १५ : ०१
बिहीबार, २१ मङ्सिर २०८०

हैदराबाद । अनुमुला रेवान्थ रेड्डीले तेलंगानाको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। हैदराबादको लालबहादुर शास्त्री स्टेडियममा भएको शपथ ग्रहण समारोहमा उनले मुख्यमन्त्री पदको गोपनियताको सपथ लिएका हुन् ।

उनीसँगै मल्लु भट्टी विक्रमार्कले उपमुख्यमन्त्रीको शपथ लिए । सो शपथ समारोहमा कांग्रेस नेता सोनिया गान्धी, राहुल गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गे उपस्थित थिए। तेलंगाना कांग्रेस प्रदेश अध्यक्षको रूपमा उनले विधानसभा चुनावमा कांग्रेसको नेतृत्व गरे र कांग्रेसले बीआरएसलाई हराएर पूर्ण बहुमतका साथ यो चुनाव जित्न सफल भयो ।  ११९ सिटमध्ये कांग्रेसले ६४ सिट जित्यो भने बीआरएस ३९ सिटमा सीमित भयो।

उस्मानिया विश्वविद्यालयबाट स्नातक गरेका रेड्डी त्यसबेला एबीभीपीसँग आबद्ध थिए। पछि उनी चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीमा सामेल भए। टीडीपी उम्मेदवारको रूपमा उनले सन् २००९ मा आन्ध्र प्रदेशको कोडंगल विधानसभा सीटबाट चुनाव जितेका थिए। सन् २०१४ मा उनी तेलंगाना विधानसभामा टीडीपीको संसदीय दलका नेता चुनिए। उनी सन् २०१७ मा कांग्रेस प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप