शनिबार, २४ कात्तिक २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डद्वारा बंगालदेशविरुद्धको शृङ्खला बराबर

शनिबार, २३ मङ्सिर २०८०, १५ : ३८
शनिबार, २३ मङ्सिर २०८०

मिरपुर । संघर्षपूर्ण खेलमा बंगलादेशलाई ४ विकेटले हराउँदै न्युजिल्याण्डले टेस्ट शृङ्खला १–१ ले बराबरी गर्न सफल भएको छ । अन्तिम दिन १ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ३९.४ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।

६९ रनमा ६ विकेट गुमाएर अप्ठ्यारो अवस्थामा  रहेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले नटआउट रहँदै ४० तथा मिचेल स्यान्टनरले ३५ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्‍याए । उनीहरूबाहेक टम ल्याथमले २६ रन तथा डेयरल मिचेलले १९ रनको योगदान दिए । बंगलादेशका लागि मेहदी हसन मिराजले ३ तथा तइजुल इस्लामले २ विकेट लिए ।

यसअघि बंगलादेशले पहिलो पालीमा १७२ रन बनाएको थियो भने जवाफमा न्युजिल्याण्डले १८० रन बनाएको थियो । आफ्नो दोस्रो पालीमा बंगलादेश मात्र १ सय ४४ रनमा सीमित बनेको थियो । शृङ्खलामा १५ विकेट लिने बंगलादेशका तइजुल इस्लाम प्लेयर अफ द सिरिज बने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप