शनिबार, १२ फागुन २०८०
ताजा लोकप्रिय

सिरहामा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

शनिबार, २३ मङ्सिर २०८०, १९ : ५१
शनिबार, २३ मङ्सिर २०८०

सिरहा । सिरहाको औरही गाउँपालिका २ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ट्याक्टरको इन्जिनमा च्याम्पिएर दुवै जनाको घटना स्थलमानै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिए । उनका अनुसार ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप