शनिबार, १२ फागुन २०८०
ताजा लोकप्रिय

एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न  माग

शनिबार, २३ मङ्सिर २०८०, २२ : २३
शनिबार, २३ मङ्सिर २०८०

बुटवल  । नेपाल समाजवादी पार्टीले  एनसेल सेयर बिक्री घोटाला प्रकरणको छानबिन गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । पार्टीको बुटवल उपमहानगरपालिका  कमिटीले आज बुटवलमा खबरदारी सभा गर्दै सेयर बिक्री घोटाला प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको हो ।

खबरदारी सभालाई सम्बोधन गर्दै समाजवादीका लुम्बिनी प्रदेश  इन्चार्ज कमल खनालले  विदेशी कम्पनीले  नेपाली राजस्व   ठगी गरेको भन्दै  सरकारले  निष्पक्ष रूपमा छानबिन  गर्नुपर्ने बताए । उनले एनसेल प्रकरणमा  राज्यले राजस्वबाट अर्बौँ  रुपैयाँ गुमाउनुपर्ने  भएकोले  त्यो रोक्नुपर्ने बताए। पार्टी केन्द्रीय सदस्य पङ्कज राईले  घोटालामा सरकारी पक्षको पनि मोलामोल भएको भन्दै  राज्यलाई सबैले दबाब दिएर  निष्पक्ष काम गर्नुपर्ने बताए ।

कार्यक्रममा हरि घर्तीमगर, सुशीला  पुलामी मगर  केन्द्रीय, बुटवल नगर संयोजक सुरज हितान मगर र सचिव  विष्णु खत्री लगायतले घटनाको निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा जोड दिए । सो पार्टीले खबरदारी सभालाई आगामी दिनमा थप ससत्तm रूपमा लैजाने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप