राष्ट्र बैंकले आज १० अर्ब तरलता तान्दै
आइतबार, ०१ पुस २०८०, १० : ५९
काठमाडौं । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत केन्द्रीय बैंकले आज १० अर्ब रुपैयाँ लिने भएको हो ।
२०८० पुस १ गते २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप संकलनको आजै निष्काशन हुने समेत केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको साँवा ब्याज आगामी पुस ८ गते परिपक्क हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण