पहिले नै सोचेर काम गर्न प्रधानसेनापतिलाई सांसद राईको सुझाव
बुधबार, ०४ पुस २०८०, १५ : १७
काठमाडौँ । सांसद राजेन्द्र राईले सेनासँग गम्भीर विषय जोडिएको बताएका छन् । बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । समितिमा फाष्ट ट्रयाकबारे भएको सवाल जवाफमा बोल्दै उनले भने, ‘आज सेनासँग गम्भीर विषय जोडियो। सेनाको सबैले प्रशंसा गर्नुभएको छ तर काम हेरेरै चाल पाइयो।’
उनले यसबारेमा बैठक बसेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘डायरी र कलम मात्र निकालेर हुँदैन। मिटिङ गरेर निष्कर्ष निकाल्नुपर्छ।’
सांसद राईले प्रधानसेनापतिले पहिले नै सोचेर काम गर्नुपर्ने सुझाव उनले दिए । उनले भने, ‘प्रधानसेनापतिले पहिल्यै सोच्नुपर्छ। कामको राम्रो रिजल्ट आयो भने तपाईंको प्रसंशा गर्छौ होइन भने तपाईंलाई निर्माण व्यवसायी सँग जोडेर हेर्छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु