आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

विप्लवको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, सरकारको भूमिकाप्रति आशंका

बुधबार, ०४ पुस २०८०, १७ : ३०
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।  केन्द्रीय समिति बैठकलेमा बुधबार प्रतिवेदन सर्वसहमति रूपमा पारित भएको नेता अनिल शर्मा विरहीले जानकारी दिए ।

सोमबारदेखि सुरु भएको बैठकमा महासचिव विप्लवले ८ पृष्ठको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ भन्ने शीर्षकको प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको उनले जवाफ दिए । जवाफ दिएसँगै प्रतिवेदन पारित गरिएको हो । 

नेकपाको प्रभावलाई रोक्न देशी विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरिरहेको र त्यसका लागि सशक्त प्रतिरोध गर्ने योजना बनेको विरहीले जानकारी दिए ।

‘नेकपाको बढ्दो प्रभावलाई रोक्न देशी र विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरेका छन् । त्यसका निम्ति सशक्त प्रतिरोध गर्ने योजना छ’, उनले भने ।

उनका अनुसार बैठकमा विप्लवले सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले चासो नदिएको उनको आरोप थियो । प्रतिवेदन पारित भएपछि अहिले अन्य एजेन्डाहरूमाथि छलफल भइरहेको विरहीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप