डार्क चकलेट खानुको फाइदै फाइदा
काठमाडौँ । अधिकांश मान्छेलाई चकलेट मन पर्छ । चकलेट मन नपराउने व्यक्ति कमै होलान् । केहीलाई चाहिँ डार्क चकलेट मन पर्छ । डार्क चकलेट भनेको अन्य खालको चकलेटको तुलनामा कोको धेरै हुने अनि चिनी कम हुने चकलेट हो । यसमा ७० प्रतिशत वा सोभन्दा धेरै कोको हुन्छ । मिल्क चकलेटको तुलनामा यो चकलेट धेरै लाभदायक मानिन्छ अनि यसमा गुलियो पनि धेरै हुँदैन । यसको सेवनले हाम्रो स्वास्थ्यमा अनेकौँ फाइदा पुर्याउँछ । यसलाई सीमित मात्रामा खानु निकै फाइदाजनक मानिन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एउटा अध्ययनका अनुसार चकलेटमा मस्तिष्कको कार्य प्रणालीलाई सुधार्ने केही गुण हुन्छ । यसले मानसिक स्वास्थ्य कायम राख्न पनि मद्दत गर्ने बताइएको छ ।
के भन्छ अनुसन्धान ?
अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार चकलेटमा कोको फ्लेवेनल्स हुन्छ । यसमा भएको तत्त्वले मस्तिष्कमा ध्यान, स्मृति र काम गर्ने क्षमतालाई बढाउन सक्छ । फ्लेवेनल्स एन्टिअक्सिडेन्ट हो । जसले शरीरमा अक्सिडेटिव तनावलाई घटाउँछ र सुन्निएको पनि कम गर्छ ।
डार्क चकलेट खाँदाका फाइदाहरू
मुटुको स्वास्थ्य सुधार्छ
डार्क चकलेटले रक्त चाप कम गर्छ । एलडीएल कोलेस्ट्रललाई घटाउँछ, एचडीएल कोलेस्ट्रोको स्तर बढाउँछ अनि रक्त सञ्चारमा सुधार ल्याउन मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ बनाउन योगदान दिन्छ र मुटुसम्बन्धी रोगको जोखिम पनि कम गर्छ ।
छालाको स्वास्थ्यमा सुधार
डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्टले छालालाई परावैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ । डिहाइड्रेशनबाट बच्न र कोलेजन उत्पादनमा बढवा दिन मद्दत गर्छ । यसका कारण छाला स्वस्थ र चम्किलो हुन्छ भने बुढ्यौलीका लक्षणहरू पनि कम हुन सक्छ ।
भरपूर एन्टिअक्सिडेन्ट
डार्क चकलेटमा एन्टिअक्सिडेन्ट खासगरी फ्लेवोनोइड्स टन्नै हुन्छ । जसले शरीरमा मुक्त कणसँग लड्न र अक्सिडेटिभ तनावलाई काम गर्न मद्दत गर्छ । यसले मुटुको समस्या र क्यान्सरजस्ता पुराना रोगलाई रोक्न पनि मद्दत गर्न सक्छ ।
तौल व्यवस्थापन
डार्क चकलेटमा क्यालोरी त धेरै हुन्छ । तर यसमा फाइबर पनि निकै धेरै हुन्छ । कसैले यसको सेवन गर्छ भने फाइबरको कारण उसलाई कम भोक लाग्छ अनि अनहेल्दी स्न्याक्स खाइरहने लत पनि बस्दैन ।
मस्तिष्कको कार्यक्षमतामा वृद्धि
डार्क चकलेटमा पाइने फ्लेवोनोइड्सले मस्तिष्कको रक्त सञ्चारमा सुधार ल्याउँछ । जसले स्मृति, एकाग्रतालाई बढाउने काम त गर्छ नै समग्रमा मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ ।
मूड बुस्ट गर्छ
डार्क चकलेटमा यस्ता तत्व हुन्छन् जसले मस्तिष्कमा एन्डोर्फिन रिलिज गर्छ । जसले गर्दा व्यक्तिमा खुसीको भाव उत्पन्न हुन्छ राम्रो राम्रो विचार मनमा आउँछ । यसमा सेरोटोनिन पनि हुन्छ । जसले चाहिँ प्राकृतिक रुपमा डिप्रेशननिरोधकको रुपमा काम गर्छ ।
तनाव घटाउँछ
डार्क चकलेटको सेवनले शरीरमा कर्टिसोलजस्ता तनाव उत्पन्न गराउने हर्मोनमा कमी आउँछ । यसले तनाव कम भएको अनि आनन्दको भावना बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान कार्यान्वयनका लागि आवश्यक ३९ कानून बन्न बाँकी
-
शून्य भन्सारमा भारतबाट सिमेन्ट आयात गर्ने व्यवस्था मिलाइदिन व्यवसायीको माग
-
धर्मेन्द्रमाथि ‘गरम धरम ढाबा’को नाममा ठगीको आरोप, अदालतले पठायो सूचना
-
सडक सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल
-
चितवनबाट प्रचण्डको घोषणा : सरकार नसच्चिए सशक्त प्रतिवाद
-
नेपाल र चीनबिच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक (पूर्णपाठ)