आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग : वीरगञ्जले काठमाडौँलाई हरायो

बिहीबार, ०५ पुस २०८०, २१ : ४७
बिहीबार, ०५ पुस २०८०

  काठमाडौँ, ५ पुस : वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । 

दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे । यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे । 

खेलमा पहिलो अग्रता भने काठमाडौँले लियो । खेलको २१औँ मिनेटमा काठमाडौँका जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौँका आन्द्रेस नियाले ह्याण्ड गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।

जसको सदुपयोग वीरगञ्जका विलियम ओपोकुले गरे । त्यस्तै खेलको दोस्रो हाफमा वीरगञ्जले थप तीन गोल ग¥यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि  खेलको ५६ र ५७औँ मिनेटमा ओपोकुले लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप