नेपाल सुपर लिग : आज धनगढीले पोखरा र चितवनले झापाको सामना गर्ने
शुक्रबार, ०६ पुस २०८०, ०६ : २४

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । त्यसैगरी आजै साँझ पाँच बजेबाट सुरु हुने दोस्रो खेलमा एफसी चितवनले झापा एफसीको सामना गर्नेछ ।
यसअघि हिजो भएको खेलमा वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गरेको थियो । वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।
त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
-
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट
-
धार्मिक भावनामा चोट पुर्याएको आरोपमा हेमा मालिनीविरुद्ध उजुरी दर्ता
-
साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा