नेपाल सुपर लिग : आज लुम्बिनीले वीरगन्जको र काठमाडौँले ललितपुरको सामना गर्ने
शनिबार, ०७ पुस २०८०, ०६ : २४
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो एक बजे सुरु हुनेछ ।
त्यसैगरी आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजेडआर एफसीबिच प्रतिस्पर्धा हुनेछ । यो खेल भने साँझ पाँच बजे सुरु हुनेछ ।
अंकतालिकामा लुम्बिनी अन्तिम अर्थात् नवौँ स्थानमा रहँदा वीरगन्ज सातौँ, काठमाडौँ छैटौँ र ललितपुर तेस्रो स्थानमा रहेका छन् ।