सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन गर्न समिति गठन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरिएको छ ।
सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो । जसअनुसार राखेपका सदस्यलाई संयोजक तोकिएको छ र सातै समिति ३ सदस्यीय छन् ।
सुदूरपश्चिम प्रदेशमा एकेन्द्र कुँवर, गण्डकी प्रदेशमा राजेश गुरुङ, कर्णाली प्रदेशमा प्रकाशकुमार कुसारी, बागमती प्रदेशमा पेमा डोल्मा लामा, कोशी प्रदेशमा अञ्जन धमला, लुम्बिनी प्रदेशमा एलबी क्षेत्री, मधेश प्रदेशमा मानदेव हजारा संयोजक छन् ।
गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद– २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचानाहरुको पहिचान गर्न, राखेपअन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्नुका साथै प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्ने छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले समितिका संयोजकलाई आइतबार पत्र हस्तान्तरण गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुनाः एक व्यथा’को टिजर : बालविवाह तथा महिला हिंसाको कथा
-
प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
-
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
-
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : प्रचण्ड
-
लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’