सबैभन्दा बढी डिजिटल कारोबार गर्ने नेपाली बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिटल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ ।
यस सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रूपमा आइतबार साँझ सम्मानित गरेको छ । एक विशेष कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्नुभएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउनुहुँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताए । उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरूलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
-
जङ्गली हात्ती मृत्यु प्रकरण: सरकारद्वारा छानबिन समिति गठन
-
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल
-
तर्साउन हानिएको गोली लागेर मकुनाको मृत्यु
-
वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
-
आफूविरुद्ध पार्टीले कारबाही गरेपछि कानुनी उपचार खोज्दै वडाध्यक्ष