सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् । अब वादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि मुद्दाको फैसला आउने छ ।
वादीतर्फका कानुन व्यवसायीले बुधबार बहस सकेका थिए । बुधबार नै प्रतिवादीतर्फका कानुन व्यवसायी मुरारी सापकोटाले बहस सुरु गरेका थिए । उनको बहस नसकिएकाले बिहीबार उनले नै बहसको सुरुवात गरेका थिए । त्यसपछि अधिवक्ता रोशनी पौडेल, वरिष्ठ
अधिवक्ताहरु शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठ लगायतले बहस गरेका थिए । श्रेष्ठको बहस नसकिएपछि शुक्रबार उनले नै बहसको सुरुवात गरेका थिए । शुक्रबार रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले प्रतिवादीका तर्फबाट बहस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
-
समपूरक अनुदानसम्बन्धी कार्यविधिमा यस्ता छन् नयाँ परिवर्तन
-
वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो
-
पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा भुसालको उम्मेदवारी
-
स्कटल्यान्डसँग अंक बाँड्नु परेपछि श्रीलङ्का दबाबमा
-
कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुँदै