बजारमा नगद प्रवाह बढ्यो, ६ खर्ब ६० अर्ब परिचालन
शुक्रबार, १३ पुस २०८०, १४ : ४४
काठमाडौँ । बजारमा नगद प्रवाह (करेन्सी इन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ६० अर्ब ८१ करोड ६० लाख ४२ हजार १४६ रुपैयाँ नगद प्रवाह भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बजारमा प्रवाहित नगदभन्दा ३५ अर्ब २ करोड ८१ लाख ६९ हजार ६१६ रुपैयाँले बढी हो । २०८० असार ३१ सम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ मात्र नगद बजारमा प्रवाह भएको थियो ।
खास गरी दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्वका कारण बजारमा नगद प्रवाह बढेको केन्द्रीय बैंकले जनाएको छ । उपभोग्य बजार, उत्पादन खरिद बिक्री तथा उपभोग बढी हुँदा बजारमा नगद परिचालन बढेको बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण