एक महिनादेखि हरिबोल गजुरेलको राजीनामा ‘होल्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा एक महिना पुग्न लाग्दासमेत स्वीकृत भएको छैन । प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै गजुरेलले मंसिर २० गते राजीनामा दिए पनि अझैसम्म होल्ड भएर बसेको हो । गजुरेलले आफूले दिएको राजीनामा हालसम्म स्वीकृत नभएको पुष्टि गरे ।
‘राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । किन स्वीकृत भएन उतै सोध्नुहोला’, उनले भने । यस्तै राष्ट्रियसभामा जान लागिएको चर्चाबारे उनले लोभी पापीहरूले विषयान्तर गर्नका लागि चलाएको हल्ला मात्र भएको बताए ।
‘म राष्ट्रिय सभा जान राजीनामा दिएको होइन । विषयान्तर गर्नका लागि हल्ला चलाएका हुन्’, उनले भने, ‘मैले जुन विषय उठाएर राजीनामा दिएको हो । त्यसलाई विषयान्तर गर्न खोजियो ।’
गत वर्ष सिन्धुली–२ बाट प्रतिनिधिसभाको टिकट खोसिएपछि असन्तुष्ट भएका उनलाई प्रधानमन्त्री प्रचण्डले गत माघमा मन्त्रीसरह सुविधा दिने गरि राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । पछिल्लो समय सचिवालयमा आफ्नो भूमिकाको मूल्याङ्कन नभएकोमा उनी असन्तुष्ट देखिन्थे । यस्तै सुशासनको पक्षमा सरकारले चालेको कदमबाट ब्याक भएकोमा पनि उनी सन्तुष्ट देखिएका छैनन् ।
सरकारको भूमिकाले जनता निराश भएको उनको निष्कर्ष छ । बाँकी विषयमा राजीनामा स्वीकृत भएपछिमात्र बोल्ने उनले बताएका छन् । गजुरेलको राजीनामा स्वीकृत नभएको विषयमा प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले यस विषयमा आफूलाई केही थाहा नभएको बताए ।
‘उहाँको राजीनामा स्वीकृत भयो कि भएन थाहा भएन । म बुझेर भनौँला’, आचार्यले भने । राजीनामासँग आफ्नो कुनै सौदाबाजी नभएको पनि उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पालीमा पनि भारतीय ब्याट्सम्यानको खराब प्रदर्शन, जितका लागि अस्ट्रेलियालाई १९ रन आवश्यक
-
झापामा वृद्धाको हत्या, दुई जना पक्राउ
-
तिलुको ठट्यौली रत्यौली गीत ‘फ्याट्ट पोइल’ सार्वजनिक
-
मोहन वैद्यले विप्लव र मोहन विक्रमको पार्टीलाई राखे दक्षिणपन्थी कित्तामा
-
सप्तरीमा हस्पिटलको कर्मचारी मृत फेला
-
गीतकार नेत्र अर्याललाई प्रश्न– ‘म त ढलेँ ढलेँ’ गीतले भन्न खोजेको के हो ?