मिरुनाको ‘मनसरा’को छायाङ्कन सुरु
सोमबार, २३ पुस २०८०, १४ : ०५

काठमाडौँ । उपेन्द्र सुब्बाको निर्देशन रहने फिल्म ‘मनसरा’को छायाङ्कन सुरु भएको छ । सोमबार ललितपुरको नख्खुबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्मको पहिलो दृश्य कलाकार मिरुना मगर र प्रवीण खतिवडाले दिएका छन् । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म सोसल ड्रामा निर्माण हुन लागेको हो । फिल्म ललितपुर र पाँचथरमा छायाङ्कन हुनेछ ।
दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले फिल्मको प्रदर्शन मिति नयाँ वर्षको वैशाख २१ गतेलाई तय गरेका थिए । ‘मनसरा’मा मेनुका प्रधानको पनि अभिनय रहनेछ ।
शैलैन्द्रध्वज फिल्मका निर्माता हुन् । कबड्डी फिल्मस्को ब्यानरमा ‘मनसरा’ निर्माण हुन लागेको हो । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी–२१ प्रोडक्सन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट
-
सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
-
टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय