गठबन्धनलाई चुनौती दिँदै जनमत पार्टीद्वारा पनि उम्मेदवारी
सोमबार, २३ पुस २०८०, १८ : ११

काठमाडौँ । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ । जनमतले मधेस र लुम्बिनी प्रदेशमा उम्मेदवारी दर्ता गराएको हो ।
मधेस प्रदेशमा जनमतका रामशंकर महासेठले अन्य क्लस्टरमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि अन्यबाट बल गोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
जनमतले यसअघि गठबन्धनबाट एक सिट दाबी गरेको थियो । तर, नपाएपछि जनमतले दुई सिटमा छुट्टै उम्मेदवारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह