हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले एयरलाइन्सको माग अनुसार रिटमा परमादेश जारी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा अदालतले परमादेश जारी गरेको हो । सर्वोच्चले आदेशको पूर्ण पाठ भने सार्वजनिक गरेको छैन ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले निवेदकको माग दाबी अनुसार परमादेश जारी भएको बताए । उनले भने, ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङको विवादमा इजलासबाट परमादेश भएको छ ।’
विमान कम्पनीले आफ्नो हकमा ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था अनुसार प्राधिकरणले २०७७ असोजमा सुविधा पाएको थियो । तर पर्यटन मन्त्रालयले एयरलाइन्स कम्पनीको प्राविधिक पक्षसमेत विश्लेषण गरेर मात्र निर्णय कार्यान्वयनको निर्देशन प्राधिकरणलाई दिएपछि सुविधा कार्यान्वयन रोकिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित