अमेरिकामा पार्कबाट बेसबल आइकनको मूर्ति चोरी
आइतबार, १४ माघ २०८०, १६ : १०
कान्सास । मध्यपश्चिम अमेरिकाको कान्सास राज्यमा एउटा पार्कबाट अमेरिकाका आइकोनिक बेसबल खेलाडी ज्याकी रबिनसनको मूर्ति चोरी भएको छ । प्रहरीले बताएअनुसार विचिता सहरको म्याकएडम्स पार्कमा राखिएको रबिनसनको काँसको मूर्ति गायब छ ।
चोरले मूर्तिको गोलीगाँठाभन्दा माथिको हिस्सा काटेर ट्रकमा राखेर लगेका थिए । चोरी बिहिबार राती भएको बताइएको छ । मूर्तिबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नगद पुरस्कार दिने घोषणा गरेको छ । रबिनसनले ब्रुकलिन डोजर्सबाट खेलेका थिए । मेजर लिग बेसबलमा खेल्ने पहिलो काला खेलाडीको रुपमा उनले इतिहास रचेका थिए ।
चोरी भएको मूर्तिको मूल्य ७५ हजार डलर भएको नगरका अधिकारीहरुले बताएका छन् । मूर्ति चोरबारे बताइदिनेलाई २ हजार ५०० डलर र मूर्तिबारे जानकारी दिनेलाई अतिरिक्त ५ हजार डलर दिने घोषणा वाचिता नगरले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्लामिक विद्रोहीको कब्जापछि सिरियामा इजरायलद्वारा लगातार हवाई आक्रमण, निशानामा सैन्य अखडा
-
अमेरिकी डलरसँगै कुवेती, बहराइन दिनार र ओमनी रियालको मूल्य बढ्यो, कसको कति ?
-
पूर्वमा गल्फतर्फ आकर्षण बढ्दै
-
ठमेलको छाया सेन्टर विवाद : फैसला सुनुवाई अब पुस ४ मा
-
बेलायती विदेश सचिवले ‘बशर अल असदलाई किन भने ‘राक्षस’ ?
-
कुलमानले गरे तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन