कतार पठाइदिने बहानामा ठगी गर्ने पक्राउ
मङ्गलबार, १६ माघ २०८०, १६ : ५८
काठमाडौं । कतारमा आकर्षक तलबसहित काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी–४ इमाडोल बस्ने सिरहाको विष्णुपुर–२ का २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार साहले डम्बरकुमार पाहिकलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र त्यहाँ राम्रो कम्पनीका काम दिलाएर मासिक ४५ हजार रुपैयाँ तलब दिलाउने भन्दै पटक–पटक गरी २ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको हो ।
प्रहरी टोलीले साहलाई सोमबार इमाडोलबाट पक्राउ गरी मंगलबार थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट विश्वकप लिग–२ : क्यानडाको लगातार दोस्रो जित
-
दक्षिण अफ्रिकाको लज्जास्पद हार, अफगानिस्तानलाई शृङ्खला
-
श्रीलंकामा चुनाव : के राजपक्षे परिवार सत्तामा फर्कन सक्ला ?
-
घरमा सुरुङ बनाइ चोरी गर्ने 'ग्याङ'का एकजना पक्राउ
-
डलर र पाउन्डको मूल्य उच्च, अन्य विदेशी मुद्राको कति ?
-
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना