बसपार्कको होटलमा घाँटी थिचेर युवती मार्ने पक्राउ

काठमाडौं – राजधानीको नयाँ बपसपार्क स्थित न्यु भुमेश्वरी गेष्ट हाउसमा सँगै बस्न गएकी युवतीलाई घाँटी थिचेर मार्ने सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् ।
टोखा नगरपालिका–९ मिलन टोल स्थित उक्त गेष्ट हाउसमा चैत २२ गते बाईस बर्षिय एक युवतीले शव फेला परेपछी प्रहरीले घट्नाको अनुसन्धान शुरु गरेको थियो ।
युवतीको घाँटी थिचेर मारेपछी नेपाल भारत सिमानामा लुकीछिपी बस्दै आएका शर्मालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिएको बताईएको छ ।
सल्यानको शारदा गाउँपालिका–१ सितलपाटी स्थायी घर भएका शर्माले गेष्ट हाउसमा २०३ नम्बर कोठामा युवतीको हत्या गरेका थिए । मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा युवतीको शव फेला परेपछी अनुसन्धानका क्रममा उनले होटलको आगन्तुक पुस्तिकामा भने आफ्नो नाम ढाँटेर लेखेको पाईएको छ ।
शर्माले होटलको आगन्तुक पुस्तिकामा दाङको घोराही नगरपालिका–१ स्थायी ठेगान भएका विकास ओली भन्दै झुटो नामथर टिपाएका थिए ।
भोलिपल्ट विहान गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
-
महामन्त्री थापा र मुख्यमन्त्री कार्कीबिच घोचपेच
-
एनसेल प्रकरण : नियामकलाई किन जानकारी भएन ? अब दायित्व के हुन्छ ?