आइतबार, ०२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सबाट देखिएको जापानको दृश्य, तस्बिरहरू

बुधबार, २४ माघ २०८०, २३ : १२
बुधबार, २४ माघ २०८०

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सातामा तीन वटा उडान जापानमा गर्दै आएको छ । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिता विमानस्थलमा साताको तीन दिन सोमबार बुधबार र शनिबार उडान गर्दै आएको हो । 

एयरलाइन्सले जापानमा सिधा उडान गर्दा नेपालीहरू लाभान्वित हुँदै आएका छन्। नेपालमा पछिल्लो तथ्यांकअनुसार झण्डै डेढ लाखको हाराहारीमा नेपालीहरू कार्यरत रहेका छन् । विद्यार्थीसहित विभिन्न भिसाामा नेपालीको उपस्थित बाक्लो भएपछि नेपाल एयरलाइन्सले पनि पछिल्लो समय नियमित उडान भर्दै आएको हो । 

राम्रो अक्कुपेन्सीमा निगमले जापान उडान संचालन गर्दै आएको बताइएको छ ।  जापानमा नेपाली विद्यार्थी, कामदार र बर्सेनि करिब ३० हजार हाराहारीमा आउने जापानी पर्यटक नेपाल वायुसेवा निगमका मुख्य पाहुना हुने गरेको छन् । 

यतिबेला जापानमा पनि चिसो मौसम छ । कतिपय स्थान हिउँले सेताम्मे देखिन्छन् भने अझ आकाशबाट हेर्दा जापानको दृश्य निकै मनमोहन देखिन्छ । 

केही दिनअघि नेपाल एयरलाइन्सको जहाजबाट देखिएको नारिता आसपाससहितका दृश्यहरुः

jana-(11)jana-(12)jana-(13)jana-(14)jana-(15)jana-(16)jana-(17)jana-(18)jana-(19)

jana-(1)jana-(2)jana-(4)jana-(5)jana-(6)jana-(7)jana-(9)jana-(10)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप