बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईमा दुबई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय

शुक्रबार, २६ माघ २०८०, २१ : ५४
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । यूएईमा  दुवई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय भएको पाइएको छ । त्यहाँ कार्यरत नेपालीसमेतलाई लक्षित गरेर गिरोहले ठगीधन्दा चलाइरहेको पाइएको नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए । 

उनका अनुसार अहिले युएईमा ठगी गर्ने कार्यमा संलग्नहरुले दुवई पुलिसको नाम लिएर मोवाईलमा फोनकल तथा विभिन्न सञ्जालहरु ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोवाईल म्यासेज गर्ने गरेको पाइएको छ ।

जसको माध्यमबाट  ईमिरेष्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंङ्कको सिभिसी नम्बर माग्ने र उक्त नम्बर लिई सकेपछि रजिष्टर मोवाईलमा आउने ओटिपी नम्बर समेत मागेर खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने कार्य भएको पाइएको उनको भनाइ छ । 

यस्ता क्रियाकलाप  जोसुकैलाई पनि हुन सक्ने भएकाले सजक रहन उनले नेपाली समूदायलाई आग्रह गरे ।  उनका अनुसार युएईमा कुनैपनि प्रशासनिक फोनकल गर्दा ल्याण्डलाइनकोनै प्रयोग गरेको हुन्छ । तर, यस्ता ठगी फोनकलहरु मोवाईल नम्बरबाट आउने गर्दछन् ।

यस्तै पुलिसले फोन गरेर कहिल्यै पनि बैंकको जानकारी तथा सिभिसी नम्बर माग नगर्र्ने हुँदा कुनैपनि जानकारीहरु कसैलाई पनि नदिन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप