नेपाललाई जिततर्फ डोर्याउँदै दुई कप्तान, २५ ओभरमा २ विकेट गुमाएर १५९ रन
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २५ ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर एक सय ५९ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेल ४७ र चौथो नम्बरमा क्रिज समाल्न आएका यू-१९ राष्ट्रिय टोलीका कप्तान देब खनाल ४७ रन बनाउँदै क्रिजमा छन् । नेपालले २३ औँ ओभरमा मात्र २० रन लिएको थियो । हालको अवस्थामा नेपालले जितका लागि प्रत्येक ओभरमा ५।०८ रन बनाउनु पर्ने हुन्छ । अहिले नेपालको रन रेट ६.३६ रहेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो । नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १० रन बनाउँदै आउट भएका थिए । उनको विकेट क्यानडाका बलर ईश्वरजोत सोहीले लिएका हुन् । ४.५ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ५५ रन बनाएको थियो । आसिफ शेख र अनिल शाहले ओपनिङ विकेटका लागि महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाहलाई गुमाएको थियो । उनी अर्धशतक बनाउँदै आउट भएका हुन् । उनको विकेट पनि ईश्वरजोतले लिएका थिए । सोहीले अनिललाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।
अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् । ६.३ ओभरमा अनिल आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली उत्पादनलाई बेलायतमा ‘उत्कृष्ट नेपाली ब्राण्ड’ अवार्ड
-
स्थानीय तहको उपनिर्वाचन परिणामलाई दलहरूले कसरी लिएका छन् ?
-
रोमानिया पठाउँछु भन्दै ठगेको आरोपमा युवक पक्राउ
-
काठमाडौँ महानगरका ८३ जना प्रहरीलाई आधारभूत तालिम प्रदान
-
प्लानका सीईओलाई मुख्यमन्त्री सिंहले भने– दातृ निकायसँग सहकार्य गर्दै अघि बढ्ने इच्छा छ
-
सिजी मोटर्स र टिटि ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण