तीन जनालाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ । त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट बालकृष्ण समको १२२ औँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा तीन जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरिएको थियो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव अवस्थीले प्रा. मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई पुरस्कार प्रदान गरे ।
छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरिएको थियो ।
त्यसै गरी नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका निम्ति थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।
विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवर्द्धन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको थियो । ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपैयाँ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै