‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई
गण्डकी । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । रु ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे ।
पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गरेको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो । मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्याएबापत उनलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिए । शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यासलगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन् ।
मञ्चले यसअघि उक्त पुरस्कार साहित्यकार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशम्शेर थापालगायतलाई प्रदान गरिसकेको छ । विसं २०६८ देखि हरेक दुई वर्षको अन्तरमा उक्त पुरस्कार प्रदान गर्ने गरिएको अध्यक्ष आचार्यले बताए । मुक्तकको उत्थानमा मञ्च क्रियाशील रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा बलियो
-
आमाबाबुले बच्चाहरुका अगाडि कहिल्यै गर्न नहुने ५ कुरा
-
के मा लगानी गर्दा कति हुन्छ लाभ ? हेर्नुहोस् आजको राशिफल
-
ट्रम्पले निकाल्नुभन्दा पहिल्यै एफबीआई प्रमुखले जागिर छोड्ने
-
विदेशी मुद्राको सटही दर : कति मूल्य कति पुग्यो ?
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिड विजयी, सम्भावना जिवितै