गलत विवरण राखेर कोठा बुक, हत्या गरेर प्रेमी फरार

काठमाडौँ । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत फेला परिन् । करिब २८–२९ वर्षीया प्रमीला बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।
काठमाडौँ महानगरपालिका–९ स्थित विजय चोकमा रहेको लजमा प्रहरी पुग्दा उनी मृत भेटिइन् । रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीलालाई ‘प्रेमी’ले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले प्रमीलाको हत्या भएको बताए । उनले भने–‘हत्या गरेर आरोपी होटलबाट भागेको हाम्रो अनुसन्धानबाट थाहा भएको छ ।’
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपी दोलखाका हुन् । प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या गरेको भेटिएको छ । होटलमा प्रेमीले गलत विवरण राखेर कोठा बुक गरेका थिए ।
प्रमीला आफ्ना पतिसँगै गौशालामा बस्दै आएकी थिइन् । माघ २६ मा उनी प्रेमीसँगै सो लजमा पुगेकी हुन् । हत्या गरेर प्रेमीले होटलको कोठामा साँचो लगाएर भागेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ