सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता
सोमबार, २९ माघ २०८०, ०९ : २०
काठमाडौँ । सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता लिएका हुन् ।
प्रतिवेदनअनुसार मेक्सिन १२.७ प्रतिशत, भारतीय ६.७ प्रतिशत, फिलिपिन्स ५.१ प्रतिशत, डोमिनिकन ४ प्रतिशत र क्युबाका ३.८ प्रतिशत नागरिकलाई अमेरिकाले नागरिकता दिएको छ । नागरिकता लिनेहरूमा मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १ सय, फिलिपिनी ४४ हजार ८ सय, डोमिनिकन ३५ हजार २ सय जना छन् ।
त्यस्तै, क्युबाका ३३ हजार २ सय, भियतनामी ३२ हजार ८ सय, चिनियाँ २५ हजार ८ सय, एल सल्भाडरका २१ हजार १ सय, जमाइकाका २० हजार २ सय, कोलम्बियन १७ हजार १ सयले अमेरिकी नागरिकता लिएका छन् । यीबाहेक अन्य देशहरूबाट ४ लाख ७७ हजार ८ सयले नागरिकता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मतिले अनुमोदित
-
प्रस्तावित न्यायाधीश निरौलालाई सांसदहरूको प्रश्न : अदालतप्रति भरोसा किन डगमगायो ?
-
न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था : सांसद बराल
-
हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक
-
पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
-
प्रस्तावित न्यायाधीश निरौलालाई शर्माको प्रश्न : न्यायालयलाई कसरी सुधार गर्नुहुन्छ ?