सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

धापासीमा युवकको हत्या गरेको आरोपमा एकजना पक्राउ

सोमबार, २९ माघ २०८०, ११ : ५६
सोमबार, २९ माघ २०८०

काठमाडौँ । काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन । शनिवार राति ओखलढुङ्गा घर भएका दिपेश डेरामा मृत अवस्थामा फेला परेका थिए ।

काठमाडौँमा प्लम्बिङको काम गर्ने दीपेशलाई उनकै साथीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपी पनि मिस्त्री हुन् ।

उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप