बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

महासमिति बैठकका लागि कांग्रेसले रुंगटालाई बनायो आर्थिक उपसमिति संयोजक

सोमबार, २९ माघ २०८०, १४ : २७
सोमबार, २९ माघ २०८०

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक तयारी समिति अन्तर्गतको आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन गरेका छन् । देउवाले आर्थिक उपसमिति संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य अनिलकुमार रुंगटालाई दिएका हुन् ।

आर्थिक उपसमिति सदस्यमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ, मोहन आचार्य, सभापति, बागमती प्रदेश, इन्द्रबहादुर वानियाँ र कांग्रेस, संखुवासभा सभापति दिपक खड्का रहेका छन् ।

महासमिति बैठक व्यवस्थित एवम् प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास सभापति देउवाले व्यक्त गरेका छन् । आगामी फागुन ७-१० मा ललितपुरको गोदावरीमा कांग्रेसले महासमिति बैठक गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप