साङ्गलोलाई पूर्वप्रेमीको नाम दिएर जनावरलाई खुवाउन दिने चिडियाँघर

टेक्सस । अमेरिकाको टेक्ससको सान अन्टोनियोमा रहेको एउटा चिडियाँघरले नौलो तरिकाले भ्यालेन्टाइन डे मनाउँछ । भ्यालेन्टाइन डेको दिनमा चिडियाँघरले अनौठो खालको फन्ड रेजिङ अभियान चलाउँछ । यस दिनमा आगन्तुकहरुलाई साङ्गलोलाई आफ्ना पूर्व प्रेमी–प्रेमिकाको नाम राखेर त्यसलाई चिडियाँघरका जनावरलाई खुवाउन दिन्छ ।
तर यसका लागि फिर्ता नआउने गरी १० डलर दान दिनुपर्छ । दान दिएर आफ्नो पूर्वप्रेमी वा प्रेमिकाका नाम बुझाएपछि चिडियाँघरले भ्यालेन्टाइन डेको डिजिटल कार्ड पठाउँछ । यसमा साङ्गलो मात्रै होइन मुसा वा तरकारीलाई पनि पूर्वप्रेमी प्रमिकाको नाम राख्न दिन्छ । यसलाई पनि अन्य जनावरलाई खुवाइन्छ । तरकारीवाला विकल्पका लागि ५ डलर तिर्नुपर्छ ।
यसा पालुङ्गो वा बन्दा लगायत तरकारीको प्रयोग गरिन्छ । मुसावाला विकल्पका लागि २५ डलर तिर्नुपर्छ । यी मुसा दैनिक रुपमा चिडियाखानामा जनावरहरुलाई खुवाउने मुसास हुन् । यसलाई मुसा फारमबाट किनेर ल्याइन्छ । यो अभियानबाट उठेको पैसालाई चिडियाँघरले भविष्यका लागि वन्यजन्तु जोगाउने आफ्नो मिसनमा खर्च गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले