हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमाको लफडा के हो ?
काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी छन् । आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत उनको भनाई छ ।
‘मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनुपर्यो । म हुँदाहुँदै उसले एक केटीलाई गर्भवती बनाएको भिडियो बाहिर आएको छ । त्यो के हो ?’, सुम्निमाले भनिन् ‘अब अदालत जानु अगाडि मलाई यसको विषयमा क्लियर चाहियो ।’ आफूलाई यसो गर भनेर पनि बाटो नदेखाएको र अलपत्र पारेको उनको दाबी छ ।
एक भिडियो अन्तर्वार्तामा सुम्निमाले कि त पवनले आफूलाई गलत हो भनेर देखाउनुपर्यो । कि मलाई गलत प्रमाणित गर्नुपर्यो । त्यसपछि मात्र डिभोर्स दिन तयार रहेको बताएकी छन् ।
हुन त यो विषय प्रहरीमा पनि पुगेको थियो । प्रहरीमा दुबैबिच सहमति समेत भएको छ । प्रहरीको सहमतिमा एक अर्कोलाई मानसिक तनाव नदिने र आफ्नो पीडा बाहिर ल्याउन पाउने रहेको सुम्निमाले बताएकी छन् ।
पुलिसले भोलि नै अदालत जानुभन्दा सुटिङ छ भनेर ४ दिन टारेको उनको धारणा छ । ‘लाज लाग्दैन कलाकार भएर घर भताभुङ्ग पारेर चौकी चौकी धाइरहेका छौ । त्यो भन्दा ठुलो सुटिङ । पहिले बुढीको विषय टुङ्गो लगाऊ’ सुम्निमाले प्रहरीको भनाइ सुनाइन् ।
उता कलाकार खतिवडाले भने सामाजिक सञ्जालमार्फत सुम्निमाको कुरोको सत्य अर्कै रहेको बताएका छन् । उनले सत्य तथ्य नबुझी आफूलाई विभिन्न कमेन्ट समेत नगर्न अनुरोध गर्दै वास्तविकता आज आउने बताएका छन् ।
‘यो अदालती कुरो हो । हाम्रो सहमति त्यही भएको हो’, उनले अगाडि भनेका छन् ‘पर्सनल कुरो मिडियाबाजी गर्ने सोचमा म थिएन । तर उताबाट मिडियामा आएसी बोल्नैपर्ने भयो ।’
उनले आफू बोल्ने र यो विषयको सत्य बाहिर ल्याउने बताएका छन् ।