आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

वीरगन्ज महानगरको कर्फ्यु खुकुलो, पुनः राति १० बजेसम्मका लागि हटाइयो कर्फ्यु

बुधबार, ०९ फागुन २०८०, ११ : ५४
बुधबार, ०९ फागुन २०८०

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु खुकुलो पारेको छ । महानगरपालिकामा तीनदेखि लगाइएको लगाइएको कर्फ्यु आजदेखि खुकुलो पारिएको हो ।

सुरुमा आज तेस्रो दिन सर्वसाधारणको सुविधाका लागि बिहान ११ बजेसम्मका लागि खोलिएको थियो । तर जिल्ला प्रशासन कार्यालय फेरि अर्को सूचना जारी गर्दै कर्फ्यु आदेश पुनः १० बजेसम्मका लागि स्थगित गरिएको भनेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक सूचना जारी गर्दै सर्वसाधारणको सुविधाका लागि ११ बजेदेखि लाग्ने कर्फ्यु पुनः स्थगित गरिएको जानकारी दिए ।

अर्को आदेश नहुञ्जेलम्मका लागि आज राति १० बजेसम्मका लागि कर्फ्यु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

रौतहटको इसनाथ नगरपालिकामा मूर्ति सेलाउने विषयमा दुई समुदायबिच भएको झडपलाई लिएर वीरगन्जमा हिन्दु समाजका कार्यकताहरुले सोमबार प्रदर्शन गर्नुको साथै बजार बन्द गराएका थिए । 

यही क्रममा दुई समुदायबिच विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यही सोमबार साँझ ५ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्यु आदेश जारी भएपछि दोस्रो दिन वीरगन्ज महानगरमा झडप तथा उच्छृङ्खल गतिविधि रोकिएको जिल्ला प्रशासनको भनाइ छ । 

वीरगन्जमा धार्मिक सद्भाव कायम रहोस् भन्दै जिल्ला प्रशासन कार्यालयले हिजो मात्रै सर्वदलीय बैठकसँगै हिन्दु समाजका अगुवाहरूसँग छुटा छुट्टै छलफल गरेको थियो । 

सर्वदलीय बैठकले सद्भावमा खलल नपर्ने ५ बुँदे निर्णय गरेको थियो भने हिन्दु समाज पर्साले सामाजिक सद्भावमा असर नपर्ने काम गर्ने प्रतिबद्धता जनाएको थियो । 

यही सर्वदलीय बैठक र हिन्दु समाजका अगुवाहरूसँग भएको छलफलपछि प्रशासनले आजदेखि कर्फ्यु खुकुलो बनाएको हो ।

दुई समुदायबिच विवाद बढ्ने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालयले तीन दिन अगाडि कर्फ्यु लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप