भिलेन बन्दै अर्जुन कपुर

नयाँ दिल्ली । रोहिट शेट्टी बलिउडका त्यस्ता निर्देशक हुन् जससँग काम गर्ने हरेक स्टारको सपना हुन्छ । एक्शन फिल्मबाट हलचल मच्चाउने रोहित शेट्टीले चाँडै नै ‘सिंघम अगेन’ मार्फत पर्दामा तहल्का पिट्न लागेका छन् ।
यो रोहित शेट्टीको कप युनिभर्सको पाँचौं किस्ता हो । यो फिल्ममा अजय देवगन मुख्य भूमिकामा रहनेछन् । यसबाहेक फिल्मका सबै मुख्य पात्रको फस्र्ट लुक बाहिरिसकेको छ । लीड रोल अर्थात् हिरोको भूमिका देखिदैं आएका अर्जुन कपूर यो फिल्ममा पहिलो पटक खलनायकको अवतारमा देखिदैंछन् । यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । फिल्ममा मौका दिएकोमा उनले रोहित शेट्टीलाई धन्यवाद दिएका छन् ।
‘फाइन्डिङ फ्यानी’, ‘कुत्ते’, ‘गुंडे’, मुबारकन’ र ‘की एन्ड का’जस्ता फिल्ममा फरक–फरक भूमिका निर्वाह गरेका अर्जुन कपूर नायक बनेर बक्स अफिसमा ब्लकबस्टर साबित हुन सकेनन् । तर फरक फरक भूमिकामा बाँधिएर उनले दर्शकहरुलाइै लोभ्याउने कोसिस चाँहि गरे थिए । अभिनेता छिट्टै रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ मा देखिदैंछन् । ‘सिंघम अगेन’मा उनको पहिलो लुक हेरेपछि उनले फ्यानबाट निकै माया वर्षाइरहेका छन् । यो माया देखेपछि उनी खलनायकको भूमिका राम्रोसँग निभाउन चाहन्छन् । मिड डेको रिपोर्ट अनुसार फ्यानहरूले उनको यो लुकलाई निकै मन पराएका छन् ।
फ्यानहरुको मायाले अगाडि बढ्ने प्रेरणा
‘खलनायकको भूमिका निर्वाह गर्ने मौका पाएकोमा म निकै खुसी छु । फ्यानहरुको माया देखेर मलाई निकै राम्रो लाग्यो । यसबाट भविष्यमा अझ राम्रो काम गर्न प्रेरणा मिलेको छ ।’ अर्जुनले भनेका छन् । आफूले जुनसुकै भूमिका छनोट गर्दा यसको कहानी कस्तो छ भन्ने कुराले अर्थ राख्ने उनले बताए । आफूले निभाएको भूमिकाले आफ्नो छविमा कस्तो प्रभाव पार्छ भन्ने धेरै नसोच्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका