शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईयूका प्रतिनिधि र अन्तर्राष्ट्रिय समितिका सभापति यादवबिच भेटवार्ता

बुधबार, ०९ फागुन २०८०, १६ : ००
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । युरोपियन युनियन (ईयू)का प्रतिनिधिले प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवसँग भेटघाट गरेका छन् ।

ईयू तथा नेपालका सांसदबिच साझा परियोजनाको बारेमा छलफल भएको बताइएको छ । ईयूका सांसदको क्षमता विकासका लागि पार्लियामेन्ट इन पार्टनरसीप परियोजना सञ्चालन गरेको छ । यो परियोजनाको कार्यान्वयन इन्टरनेशन आइडियाले गर्नेछ ।

यो परियोजनाले संघका सांसद तथा नेपालका सांसदबिच विभिन्न कार्यक्रमको आदान प्रदान हुने बताइएको छ ।

ईयूका प्रतिनिधिले नेपालको सांसदले आफूहरुको कार्यक्रमप्रति रुचि राखेको विश्वास व्यक्त गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप