सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुधबार, ०९ फागुन २०८०, २१ : ४८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नागपुजेबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा१२च ४९९१ नं को जीप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीले जानकारी दिए ।
उक्त दुर्घटनामा जीप चालक विक्रम थापासहित बाह्रबिसे–७ का गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेको यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
-
तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार