डीडीसीले भदौदेखि दूधको भुक्तानी नगरेकोबारे माधव सापकोटाले गराए सरकारको ध्यानाकर्षण
बिहीबार, १० फागुन २०८०, ११ : ५२
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भदौदेखि डीडीसीले किसानको दुधको भुक्तानी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले दूध किसानहरु मारमा परेको बताए ।
उनले भने–‘आत्मनिर्भर हुँदै गरेको नेपालको दूध व्यवसाय अहिले गम्भीर संकटमा रहेको छ । गाईभैसी पालेर गर्जो टार्ने सर्वसाधारणहरू गम्भीर मारमा परेका छन् । २ हजार दूध उत्पादक सहकारीहरू २० हजार रोजगारदाताहरू, ५ लाख घरधुरीहरू प्रत्यक्ष लाभान्वित छन्। तर डीडीसीले भदौदेखि हालसम्म भुक्तानी गरेको छैन, सडकमा दूध पोखिने गरेको छ ।’
सर्वसाधारणको जनआक्रोश पोखियो भने यसलाई थेग्न असम्भव हुने भन्दै संसद् सापकोटाले बेलैमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका २५ एसएसपीको पदस्थापन
-
प्रहरीका १७ एसपीको सरुवा, पर्सामा गौतम मिश्र
-
प्रहरीका १८ जना एसएसपीको सरुवा, काठमाडौँमा विश्व अधिकारी
-
जनप्रेम माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
-
हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए
-
१० बजे १० समाचार : राजेन्द्रलाई धवलको चुनौतीदेखि चुनावी लडाइँमा क्रान्तिकारीसम्म