देशभर ५७ लाख बढी बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै
_YxyHGYC41W.jpg)
काठमाडौँ । सरकारले देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा-रुबेला खोपमा लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा-रुबेला खोपमा लगाउन लागेको हो ।
देशव्यापीरुपमा दादुरा-रुबेला खोप अभियान आइतबार (फाल्गुन १३) देखि चैत्र ७ गतेसम्म जारी रहने छ । यसबिच दादुरा-रुबेला खोप ५७ लाख बढी बालबालिकालाई लगाइने छ ।
कोशी प्रदेशमा ८ लाख ९३ हजार ७४३ बालबालिकालाई सो खोप लगाउने मन्त्रालयले जनाएको छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ५ लाख ५९ हजार २२४ र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका ३ लाख ३४ हजार ५१९ छन् ।
यस्तै, मधेस प्रदेशमा १९ लाख ४७ हजार १४२ बालबालिका छन् । यीमध्ये ५ वर्षदेखि १५ वर्षमुनिका १३ लाख ८७ हजार १२० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका ५ लाख ६० हजार २२ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा ८ लाख ८९ हजार १९९ बालबालिकालाई खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ५ लाख ४१ हजार ११० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका ३ लाख ४८ हजार ६७ छन् ।
यस्तै, गण्डकी प्रदेशमा २ लाख १४ हजार ३६२ बालबालिकालाई सो खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ६६ हजार ८०९ र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका १ लाख ४७ हजार ५५३ छन् ।
लुम्बिनी प्रदेशमा ११ लाख ६० हजार ८७३ बालबालिकालाई सो खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ७ लाख ७६ हजार ६७७ र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका ३ लाख ८४ हजार १९६ छन् ।
कर्णाली प्रदेशमा १ लाख ४७ हजार ४४४ बालबालिकालाई खोप लगाइँदै छ । यी बालबालिका सबै ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका मात्रै छन् । यसअघि ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइ सकिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशका ४ लाख ९० हजार २५२ बालबालिकालाई खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका २ लाख ८१ हजार ३७० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २ लाख ८ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा