शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय
निधन

चर्चित गजल गायक पंकज उदासको निधन

सोमबार, १४ फागुन २०८०, १६ : ३४
सोमबार, १४ फागुन २०८०

मुम्बई । चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् । 

पंकज उदासलाई सन् २००६ मा भारतको प्रतिष्ठित पद्मश्री अवार्डबाट सम्मान गरिएको थियो।

unnamed-79_1708944167

गजल गायक पंकज उदास विगत केही दिनदेखि बिरामी थिए । ‘चिट्ठी आई है’ गीतबाट उनी चर्चित भएका थिए । गायक सोनु निगमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘आज मेरो बाल्यकालको सबैभन्दा महत्त्वपूर्ण अंश हराएको छ । पंकज उदासजी, तपाईंलाई सधैँ सम्झिरहनेछु म । तपाईं रहनुभएन भन्ने थाहा पाउँदा मन रोयो । जीवनको एक हिस्सा भएकोमा धन्यवाद, शान्ति ।’

पंकज उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो ।  उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरमा बसोबास गर्थे।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उदासलाई गीत निकै मन पर्थ्यो । यही कारण पंकज उदास र उनका दुई दाजुकोसमेत संगीतप्रति नै समर्पण थियो ।

पंकज उदासका साथै दुवै दाजु मनहर र निर्जल उदास संगीत क्षेत्रका चर्चित नाम हुन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप