सम्पदा अवलोकन गर्न कोरियाको चेओरवनका मेयर ललितपुरमा
बुधबार, १६ फागुन २०८०, ०८ : ४७

ललितपुर । कोरियाको चेओरवान सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डल ललितपुर आइपुगेको छ । ललितपुर महानगरपालिकाको निमन्त्रणमा यहाँका असल अभ्यास र कार्यहरूको अवलोकन गर्न कोरियन मेयर जाङसहितको टोली ललितपुर आएको हो ।
यहाँको भ्रमणपछि चेओरवनका मेयर जोङले ललितपुर महानगरको कला तथा संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताएका छन् । ‘यो सुन्दर सहरमा निम्ता गरी काष्ठका साथै धातु र डुङ्गामा चित्र खोपेर व्यक्त गरिने कला बारेमा आफूले ज्ञान प्राप्त गर्न पाएको धेरै भाग्यमानी ठानेको छु,’ उनले भने, ‘यहाँबाट हामीले धेरै कुरा सिकेर जाँदै छौँ ।’
उनको यो भ्रमणपछि ललितपुर र चेओरवनका बीचमा भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावसमेत अघि बढेको छ । ललितपुरका मेयर चिरिबाबु महर्जनले कोरियाको चेओरवन र ललितपुर महानगरबिच भगिनी सम्बन्ध कायम गर्न प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?