बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पदा अवलोकन गर्न कोरियाको चेओरवनका मेयर ललितपुरमा

बुधबार, १६ फागुन २०८०, ०८ : ४७
बुधबार, १६ फागुन २०८०

ललितपुर । कोरियाको चेओरवान सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डल ललितपुर आइपुगेको छ । ललितपुर महानगरपालिकाको निमन्त्रणमा यहाँका असल अभ्यास र कार्यहरूको अवलोकन गर्न कोरियन मेयर जाङसहितको टोली ललितपुर आएको हो । 

यहाँको भ्रमणपछि चेओरवनका मेयर जोङले ललितपुर महानगरको कला तथा संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताएका छन् । ‘यो सुन्दर सहरमा निम्ता गरी काष्ठका साथै धातु र डुङ्गामा चित्र खोपेर व्यक्त गरिने कला बारेमा आफूले ज्ञान प्राप्त गर्न पाएको धेरै भाग्यमानी ठानेको छु,’ उनले भने, ‘यहाँबाट हामीले धेरै कुरा सिकेर जाँदै छौँ ।’

उनको यो भ्रमणपछि ललितपुर र चेओरवनका बीचमा भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावसमेत अघि बढेको छ ।  ललितपुरका मेयर चिरिबाबु महर्जनले कोरियाको चेओरवन र ललितपुर महानगरबिच भगिनी सम्बन्ध कायम गर्न प्रयास भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप