खानेकुराको सट्टामा उत्तर कोरियाले रुसलाई दियो ३५ लाख तोपगोला

सोल । उत्तर कोरियाले खानेकुराको सट्टामा रुसलाई लाखौंको संख्यामा तोपगोला दिएको छ । दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन्सिकले मंगलबार पत्रकारहरूलाई यस्तो बताएका छन् । शिनका अनुसार सेप्टेम्बरयता उत्तर कोरियाले रुसतर्फ दशौं लाख तोपगोला बोकेका ६ हजार ७०० ओटा कन्टेनर पठाएको थियो ।
यी कन्टेनर रुसले दिएको खाद्य वस्तु र हतियार बनाउन चाहिने कच्चा पदार्थको बदलामा पठाइएको बताइएको छ । यी कन्टेनरमा १५२ एमएमको ३० लाख थानभन्दा धेरै तोपगोला र १२२ एमएमका ५ लाख थानभन्दा धेरै तोपगोला थिए ।
मन्त्रीले यो सूचना कहाँबाट आयो भन्ने चाँहि बताएका छैनन् । कच्चा पदार्थ र बिजुलीको अभावका कारण अहिले उत्तर कोरियाका हातहतियार बनाउने कारखाना क्षमताको ३० प्रतिशत मात्रै सञ्चालन भइरहेका छन् ।
तर रुसलाई तोपगोला पठाउने कारखानाहरू भने पूरै क्षमतामा चलिरहेको उनको भनाई छ । रुसले पठाएको सामानमा खाद्यान्नको अुनपात धेरै भएको मन्त्री शिनको दाबी छ ।
प्योङयोङले मस्को पठाएको जहाजको तुलनामा रुसबाट आएका जहाजको आयतन ३० प्रतिशत ठूलो भएको पनि उनले बताएका छन् । हालैका वर्षमा रुस र उत्तर कोरिया नजिकिएका छन् ।
सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ उनले रुसको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा