राष्ट्रियसभा अध्यक्षमा एमालेलाई छैन चासो

काठमाडौँ । फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा तँछाडमछाड चले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा भने यसबारे कुनै चासो देखाएको छैन । सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा दाबी गरिरहँदा प्रमुख प्रतिपक्ष दल एमालेले अध्यक्षको निर्वाचनबारे कुनै चासो नै नरहेको जनाएको हो ।
५९ सदस्यीय राष्ट्रियसभामा हाल एमालेका १० सांसद छन् । अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा एकातिर हुँदा एमाले उम्मेदवार पराजित हुने निश्चित भएकाले पनि एमालेले त्यसतर्फ चासो नदिएको नेताहरूको भनाइ छ ।
‘अहिलेसम्म राष्ट्रियसभा अध्यक्षको निर्वाचनबारे छलफल पनि भएको छैन’, उपाध्यक्ष सुरेन्द्र पाण्डेको भनाइ छ । उपमहासचिव विष्णु रिमालले पनि राष्ट्रियसभा अध्यक्षको निर्वाचनबारे एमालेलाई कुनै चासो नरहेको बताए ।
‘राष्ट्रियसभा अध्यक्षको निर्वाचनबारे एमालेलाई कुनै चासो छैन’, नेता रिमालले भने, ‘चासो नभएपछि कुनै गृहकार्य वा निर्णय गर्ने कुरा पनि भएन ।’ राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी