चार वर्षको प्रतिबन्धमा परेपछि पोग्बाको खेलजीवन संकटमा

काठमाडौँ । चार वर्ष लामो प्रतिबन्धमा परेपछि इटालियन क्लब युभेन्ट्सका फ्रान्सेली स्ट्राइकर पल पोग्बाको खेलजीवन संकटमा परेको छ । प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएपछि ३० वर्षीय पोग्बामाथि चार वर्षसम्म फुटबल गतिविधिमा सक्रिय हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।
गत सेप्टेम्बरमै डोपिङ परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएको थियो । नतिजा पोजेटिभ देखिएपछि उनलाई तत्कालका निलम्बन गरिएको थियो । त्यसबिचमा उनीविरुद्ध थप छानबिन पनि भइरहेको थियो ।
उनीमाथि बिहीबार रातिदेखि लागू हुने गरी चार वर्षको प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । फ्रान्सले सन् २०१८ को फिफा विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । त्यो विश्वकपको फाइनलमा उनले क्रोएसियाविरुद्ध गोल पनि गरेका थिए ।
युभेन्ट्सका अतिरिक्त उनले लामो समय इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । गत सेप्टेम्बरमा इटालियन सिरिएको युडिनेसविरुद्धको खेलपछि उनलाई निलम्बन गरिएको थियो । उक्त खेलमा युभेन्ट्स ३–० गोलले विजयी भएको थियो ।
आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा पोग्बा र उनको कानुन ब्यवसायीले केही बताएका छैनन् । चार वर्ष लामो प्रतिबन्धमा परेपछि पोग्बाको खेलजीवन पनि संकटमा परेको छ । पोग्बाले भने सुरुदेखि नै आफूले जानेर प्रतिबन्धित औषधि सेवन नगरेको दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री