काठमाडौँमा महानगरको आतंक मच्चियो : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पछिल्लो समय काठमाडौँमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहले भने, ‘काठमाडौँमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरू कुटिन्छन् । कवाड व्यवसायीहरूमाथि डोजर चलाइएको छ । सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ ।’ उनले महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? भन्दै प्रश्न समेत गरे ।
‘यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस् भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाड व्यवसायीहरू महानगरबाट आतंकित छन् । उनीहरू असुरक्षित छन् । उनीहरू त्रसित छन्’, उनले भने, ‘हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होइन ?’
उनले कवाड व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्नका लागि गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराए । कसैलाई पनि गैर कानुनी ढङ्गले आफ्नो पेशा तथा व्यवसायबाट वञ्चित गर्न नमिल्ने भन्दै उनले महानगरपालिकाले कवाड व्यवसायीहरूलाई मनोमानी ढङ्गले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना